Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एमपीए पब्लिक फाइनान्समा धेरै विद्यार्थी अनुत्तीर्ण, अधिकांशको नम्बर १२ र १४


२१, असार २०८१
  • 178
    SHARES
  • एमपीए पब्लिक फाइनान्समा धेरै विद्यार्थी अनुत्तीर्ण, अधिकांशको नम्बर १२ र १४

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राइभेटतर्फ मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (एम.पी.ए.)को दोस्रो वर्षको पब्लिक फाइनान्स विषयको परीक्षामा धेरै परीक्षार्थीहरू अनुत्तीर्ण हुने गरेका छन् ।

    एम.पी.ए. पब्लिक फाइनान्स विषयमा अनुत्तीर्ण हुने परीक्षार्थीहरूको नम्बर पनि प्रत्येक पटक एउटै आउने गरेको छ । प्रत्येक वर्षको नतिजामा लगातार १२ र १४ नम्बर मात्र आउने गरेको विद्यार्थीको गुनासो छ ।

    एउटै विषयमा प्रत्येक वर्ष उस्तै नम्बर आएपछि विद्यार्थीहरू गुनासो लिएर बल्खुस्थित जनप्रशासन क्याम्पसमा पुगे । विद्यार्थीहरूबाट गुनासो आएपछि त्रिभुवन विश्वविद्यालय डीन कार्यालयमा सम्पर्क गर्न सुझाएको क्याम्पस प्रमुख डा.हरिभक्त शाहीले बताए । आफ्नो कार्यक्षेत्र नभएकाले डीन कार्यालयमा सम्पर्क गर्न सुझाएको उनको भनाइ छ ।

    त्रिभुवन विश्वविद्यालयले परीक्षाका उत्तर पुस्तिका हराउनु, पर्यटन विषयको जाँचमा भारतीय इतिहासको प्रश्नपत्र आउनु, लामो समयसम्म नतिजा प्रकाशन नगर्नु जस्ता त्रिविका गम्भीर गल्तीहरू छन् । यिनको तुलनामा पब्लिक फाइनान्सको नतिजा त्रिभुवन विश्वविद्यालयमा देखिएको एउटा बेथिति मात्र हो ।

    प्रत्येक वर्ष एक खालको नतिजा आउँदा यस्तो बेथिति किन भयो भन्ने विद्यार्थीको गुनासो छ । आफूले राम्रो गर्दागर्दै पनि अनुत्तीर्ण बनाइएको एक विद्यार्थीको आरोप छ । त्रिविको प्रश्नपत्र बनाउने तरिकादेखि गुणस्तरसम्म पनि बेलाबेला टिप्पणी हुने गरेको छ ।

    विद्यार्थीहरू धेरै अनुत्तीर्ण भएको र प्रत्येक वर्ष उस्तै नम्बर आएको बारेमा जिज्ञासा राख्दा जन प्रशासन क्याम्पसमा पब्लिक फाइनान्स विषय अध्यापन गराउँदै आएका टेकराज पौडेलले ठाडो जवाफ दिँदै भने, ‘विद्यार्थीको जवाफ क्लासमा आउनुपर्छ । कुनै डटकमलाई आएर काम छैन । ल फोन राख्नुस् ।’

    उपप्राध्यापक सञ्जय घिमिरेले अर्थशास्त्रसँग जोडिएको विषय भएकाले जन प्रशासनमा आउने विद्यार्थीहरूलाई केही गाह्रो हुने गरेको प्रतिक्रिया दिए । उनले भने, ‘विद्यार्थीलाई अर्थशास्त्रको बेसिक कुरा नै लिन गाह्रो हुने गर्छ ।’ प्राइभेटतर्फका विद्यार्थीहरूले गेस पेपर पढेर मात्र परीक्षा दिँदा प्रश्न एकातिर र उत्तर अर्कोतिर हुने गरेको उनको भनाइ छ ।

    पब्लिक फाइनान्सको नतिजाको विषय त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयसम्म पुगेको छ । सहायक डीनको नेतृत्वमा परीक्षा हुने गर्छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डीन डा.श्रीकृष्ण खरेलले अन्य विषयमा भन्दा पब्लिक फाइनान्समा अलि धेरै विद्यार्थी फेल हुनेको जानकारी दिए ।

    तर, उनले अनुत्तीर्ण हुनेहरूको प्रत्येक वर्ष १२ र १४ नम्बर आउने गरेको विषय अस्वीकार गरे । उनले भने, ‘यो खालको कम्प्लेन आएको थियो । मैले हेरेको थिए । त्यो खालको कुनै समस्या र कमजोरी भएको पाइन ।

    नतिजामा शंका लागेमा विद्यार्थीहरूलाई रिटोट्लिङ गर्ने सुविधासमेत दिएको उनको भनाइ छ । ‘कुनै समस्या देखिएमा बोर्डले सच्चाउने गर्छ,’ उनले भने, ‘बोर्डले सच्चाउन नमिल्ने जटिल खालको भएमा जाँच्नेलाई नै बोलाएर करेक्सन गर्ने गरिन्छ ।’ विद्यार्थीलाई कुनै कुनै विषय गाह्रो लाग्ने स्वाभाविकै भएको उनको भनाइ छ । छानबिन नै गर्नुपर्ने गरी गुनासो नआएको उनले बताए ।

    एम.पी.ए. कार्यक्रमको प्राथमिक उद्देश्य सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, सार्वजनिक उद्यमहरू र निजी क्षेत्रका संस्थाहरूमा सेवा गर्न उच्च स्तरको जनशक्ति उत्पादन गर्नु हो । खासगरी सरकारी सेवामा कार्यरत कर्मचारीहरूले यो विषय पढ्ने गर्दछन् । थोरै समय पढेर पास गर्नुपर्ने बाध्यता प्राइभेटका विद्यार्थीहरूलाई छ । तर, त्रिविको नतिजाले उनीहरूलाई निराश गराउने गरेको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend