Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

छिमेकमा शेयर बजार अहिलेसम्मकै उच्च


१९, असार २०८०
  • 272
    SHARES
  • छिमेकमा शेयर बजार अहिलेसम्मकै उच्च

    काठमाण्डौँ । छिमेकी मुलुक भारतमा शेयर बजारले अहिलेसम्मकै कीर्तिमान बनाएको छ । मंगलबार लगातार तेस्रो कारोबारको दिन भारतमा शेयर बजार अहिलेसम्मकै उचाइमा पुगेको हो । रतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स मंगलबार ६५ हजार ५८६  मा पुगेको छ । निफ्टीले पनि १९ हजार ४१३ छोएको छ । मंगलबारको भारतीय शेयर बजारको इतिहासमै यी दुई अंकहरु कीर्तिमानी हुन् । 

    पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिमा कम्पनीहरुलाई भारतमा आकर्षित गर्न खोजिरहेका छन् । उनको हालैको अमेरिका भ्रमणमा पनि यस्ता प्रयासहरु भएका थिए । नेपालको अर्को छिमेकी पाकिस्तानमा पनि सोमबार प्रमुख शेयर बजार सूचकले कीर्तिमानी फड्को मारेको थियो । सोमबार एकै दिन २४ सय ४२ अंक बढेर त्यहाँको शेयर सूचक ४३ हजार ८ सय ९५ अंकमा पुगेको छ । 

    एकै दिनमा भएको यो बृद्धि पाकिस्तानी शेयर बजारको इतिहासकै सबैभन्दा उच्च हो । प्रतिशतका हिसाबले पनि यो वृद्धि १५ वर्ष ९सन् २००८ जुन २४० यताकै उच्च हो । यही बेलामा नेपाली शेयर बजार भने ओरालो यात्रामा देखिएको छ । पछिल्ला तीन दिनमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १११ अंक घटेको छ । 

    विशेषगरी सबैजसो कम्पनीले बोनस खुवाउने बेला भएकाले पनि अहिले धेरैथोरै शेयर बजार बढ्ने अनुमान थियो । त्योअनुसार गत दुई साता शेयर बढेको पनि हो । तर अचानक गत आइतबार र सोमबार त दोहोरो अंकले गिरावट आएको छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend