Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग


२, साउन २०८१
  • 145
    SHARES
  • २०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित भएको उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ ।

    त्रिवि सेवा आयोगले यसअघि २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिताअन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सुरु गर्न लागेको हो ।

    प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ। अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ ।

    परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

    image-120.webp

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend