Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तत्कालै विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई मन्त्रालयको निर्देशन


४, साउन २०८१
  • 231
    SHARES
  • तत्कालै विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई मन्त्रालयको निर्देशन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ ।

    ‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनुहुन र सो सेवा सञ्चालन गरेपश्चात मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    उक्त कार्यविधिको ढाँचा स्वास्थ्य मन्त्रालयको वेभसाइटबाट सकिने मन्त्रालयले जनाएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणगरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था दाबी गरेको थिए ।

    पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend