Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो


५, साउन २०८१
  • 227
    SHARES
  • पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो

    काठमाण्डौ – नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो ।

    नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ । खोप शाखा प्रमुख डा. गौतमले पोलियो जीवाणु भेटिएसँगै काठमाण्डौ उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

    आउँदो ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । खोप शाखाकाअनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउनेछ । खोप स्वास्थ्यकर्मी र महिला समुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर घरमा दिइने डा. गौतमले जानकारी दिनुभयो ।

    पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरहरुको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डाक्टर गौतमले बताउनुभयो ।

    सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रुपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend