Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाण्डौ उपत्यकामा हैजाको जोखिम, ललितपुरका एक किशोरमा संक्रमण पुष्टि


९, साउन २०८१
  • 210
    SHARES
  • काठमाण्डौ उपत्यकामा हैजाको जोखिम, ललितपुरका एक किशोरमा संक्रमण पुष्टि

    काठमाण्डौ – काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएको छ । ती किशोरमा संक्रमण पुष्टि भएसँगै काठमाण्डौ उपत्यकामा हैजाको जोखिम देखिएको हो ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ ।

    उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।

    त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । हैजा भएका मानिसको दिसाबाट कीटाणु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट अरू मानिसमा पुग्ने गर्छन् ।

    पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । डा. पुनका अनुसार निरन्तर पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् ।

    हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान डाक्टरको सल्लाह छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend