Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने


१८, साउन २०८१
  • 225
    SHARES
  • विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

    काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

    शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाको विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हो ।

    विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने राष्ट्रिय सचिव जानकी आचार्यले बताइन् ।

    भारत सरकारको र भारतीय जनताहरूको सहयोगमा विद्यार्थी परिषद्, सेवा र विकासका लागि युवाको समन्वयमा विद्यार्थी परिषद्ले देशको १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरको उक्त शैक्षिक सामग्री वितरण गर्न गइरहेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले पत्रकार सम्मेलनमा बताए ।

    विद्यार्थी परिषद्ले विगत तीन वर्षदेखि देशको अलग अलग क्षेत्रका जिल्लाहरूमा रहेको सामुदायिक र सरकारी विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई , शैक्षिक व्याग, कपि, पेन, टोपी, प्राज्ञिक अङ्ग्रेजी सिकाइ पुस्तक, नेपाली बृहत् शब्दकोष लगायतको शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकोले यस वर्ष पनि विगतका वर्षहरूझैँ अलग अलग १६ वटा जिल्लाहरूको सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको महासचिव पंगेनीले बताए ।

    विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए ।

    नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि वस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख न्यौपानेले जानकारी दिए ।

    २०५२ सालदेखि शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठनको रूपमा विद्यार्थी, शिक्षक र शिक्षाविद्माझ कार्य गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले हालसालै पनि देशका सातवटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखि शिक्षाक्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको थियो ।

    विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।

    पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागायतको उपस्थिति रहेको थियो ।

    1a0ef96b-2128-440e-9739-28c30ee37ff0.jfif8d735d0a-b7d0-4120-8d73-27531bd2e11c.jfif4ea7f468-f495-4a3f-818d-0186dbc0c96d.jfif

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend