Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै


२५, साउन २०८१
  • 202
    SHARES
  • त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ ।

    कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा पनिकालाई चाप बढेको थियो ।

    एकातिर पुरानो नतिजा प्रकाशन गर्नुपर्ने थियो भने अर्कोतिर नयाँ परीक्षा गराउनु र नतिजा प्रकाशन गर्नुपर्ने चुनौती थियो । तर, अहिले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताए । जसमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको उनको भनाइ छ ।

    करिब तीन महिनाको अवधिमा पनिकाले २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको हो । अब पुराना तीन विषयको नतिजामात्रै प्रकाशन गर्न बाँकी रहेको उनले बताए । तीमध्ये २ विषयको नतिजा यसै महिनाभित्र आउने र एउटाको नतिजा भदौैमा आउने उनको भनाइ छ ।

    साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजनिक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ ।

    त्यस्तै एमए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ । जबकि यसअघि अघिल्ला वर्षहरूमा उक्त नतिजा सार्वजनिक गर्न कम्तीमा ६ महिना लाग्ने गरेको थियो । बढी विद्यार्थीले परीक्षा दिएका विषयहरूमा भने कोरोना महामारीपछि २ वर्षसम्ममा समेत नतिजा सार्वजनिक हुन सकेको थिएन ।

    पनिकाले गत असारसम्म पहिला कोभिडपछि रोकिएका परीक्षाको नतिजा सार्वजनिक गर्ने योजना बनाएको थियो । नतिजाका लागि कर्मचारीहरूलाई केही सुविधा थप दिइएको थियो । जसले गर्दा २ वर्षसम्म रोकिएका परीक्षा तथा नतिजा एकै वर्षमा सार्वजनिक गर्न सकिएको परीक्षा नियन्त्रक जोशीले बताए ।

    त्रिविले २०८० को साउनदेखि पनिकाका कर्मचारीको थप सुविधा कटौती गर्दै कार्यालय समय १० देखि ५ बजेसम्म मात्रै राखिएको थियो । जसले गर्दा कामको चाप बढेको थियो भने नतिजा प्रकाशनको काम तीव्र गतिमा अगाडि बढ्न सकेको थिएन ।

    त्रिविका पुराना पदाधिकारीहरूको कार्यकाल गत वर्ष नै सकियो । सरकारले प्रा.डा शिवलाल भुसाललाई गत फागुनमा निमित्त उपकुलपति तोकेको थियो । उनको पालामा केही थप सुविधा उपलब्ध गराइएको थियो । जसले गर्दा फागुन र चैतमा कर्मचारीलाई अतिरिक्त काममा लगाउन सहज भएको थियो ।

    अहिले नयाँ पदाधिकारीहरू आएपछि परीक्षामा काम गर्ने कर्मचारीलाई थप ४० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ । उनीहरूले दैनिक १२ घण्टा काम गर्दै आएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

    ‘अहिले कर्मचारीलाई दैनिक १२ घण्टा काम गराइरहेका छौँ । त्यसपछि जेठदेखि अहिलेसम्म २५ वटा नतिजा प्रकाशन गरिसकेका छौँ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्दै आएका छन्,’ जोशीले भने ।

    पनिकाले जेठमा भएको परीक्षाको नतिजा भदौमा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, कर्मचारीहरूलाई दिइएको थप सुविधा भदौबाट सकिँदैछ । त्यो बेला त्रिविविले थप सुविधाको निर्णय गरेपछि मात्रै कर्मचारीले पाउने उनको भनाइ छ ।

    ‘अहिले थपिएको सुविधा साउनसम्मको लागिमात्र हो । भदौदेखि नयाँ सुविधा दिनुपर्छ । त्यसका लागि पदाधिकारीहरूसँग कुरा भइरहेको छ । त्यसो भयो भने आगामी दिनमा परीक्षा सकिएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्छौं,’ जोशीले भने ।

    अहिले पनिकामा ११९ कर्मचारीले काम गर्दै आएका छन् । तीमध्ये ५२ जना कर्मचारी दैनिक १२ घण्टा काम गर्दै आएको उनको भनाइ छ । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणको काम क्षेत्रीय कार्यालयहरूबाट हुँदै आएको छ ।

    ‘वैशाखदेखि परीक्षाको कापी क्षेत्रीय कार्यालयबाटै परीक्षण हुँदै आएको छ । परीक्षा भएपछि परीक्षणको काम उतैबाट गर्दै आएका छौँ । त्यसपछिको काम उतैबाट गराउने कि यता ल्याउने भन्ने टुङ्गो लागेको छैन,’ जोशीले भने, ‘यसमा थोरै नीतिगत काम गर्न बाँकी छ । नीतिगत व्यवस्था गरियो भने नतिजा प्रकाशनको काम पनि उतैबाट गराउँछौँ ।’

    त्यस्तै समयमै परीक्षा नगराउने आरोप त्रिविमाथि लाग्दै आएको छ । कोरोना महामारीपछि त एउटै कक्षाका तीन ब्याचसम्म विद्यार्थी भएका थिए । तर, समयमै परीक्षा गर्न सकेको थिएन । अहिले भने त्रिविविले परीक्षासमेत समयमै सञ्चालन गर्न थालेको छ ।

    पनिकाले त्रिविले जारी गरेको वार्षिक कार्यतालिका अनुसार नै परीक्षासमेत गराउन थालेको हो । शिक्षाध्यक्षको कार्यालयले सूचना जारी गर्दा नै विद्यार्थी भर्नादेखि परीक्षा कहिले गराउने र नतिजा कहिले सार्वजनिक हुने भनेर स्पष्ट किटान गर्दै आएको छ । जसले गर्दा पनिकालाई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा सहज भएको छ ।

    त्रिविका रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले नतिजा प्रकाशनमा के कति कारणले ढिलाइ भइरहेको त्यस विषयमा रिपोर्ट लिने बताएका थिए । कर्मचारीको अभावले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको रिपोर्ट पनिकाले गरेको थियो । र त्रिविले उपलब्ध जनशक्तिलाई नै परिचालन गरेर नतिजा प्रकाशन गर्ने भन्दै थप सुविधाको व्यवस्था गरेको हो ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend