Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विशेष प्रस्ताव परित गर्दै दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन सम्पन्न," न्यायपथ"काे केन्द्रीय समिति घाेषणा


२६, साउन २०८१
  • 516
    SHARES
  • विशेष प्रस्ताव परित गर्दै  दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन सम्पन्न," न्यायपथ"काे केन्द्रीय समिति घाेषणा

    पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

    देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा शुक्रबारबाट सुरु भएको दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन कानुन क्षेत्रकाे समसामयिक विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै उक्त सम्मेलन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ । 

    साथै परिषद्ले कानुन आयाम कार्यका लागि " न्यापपथ " नामकरण गरि सुदुपश्चिम विश्वविद्यालयमा अध्ययनरत जगेन्द्र बुढाथोकीकाे नेतृत्वमा नयाँ केन्द्रीय समिति घाेषणा गरेको छ ।

    दुई दिनसम्म चलेकाे सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गर्नु भयो थियोे । अध्यक्ष घिमिरेले कार्यक्रममा बाेल्दै दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको र कानुनकाे क्षेत्रमा अझै धेरै कार्यहरू गर्नु आवश्यक रहेको बताउनु भएकाे थियोे ।

    पोखराको साइमन पार्टी प्यालेसमा भएको सम्मेलनमा देशभरबाट कानुन पढाई हुने ८ वटा विश्वविद्यालयकाे १४ वटा क्याम्पसबाट ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद्ले जनाएको छ । 

    साउन २५ र २६ मा पाेखरामा सम्पन्न भएको सम्मेलनमा कानुन अध्ययनरत विद्यार्थीहरूकाे वर्तमान अवस्था, समस्या चुनाैती एवम् समाधानकाे मार्गकाे बारेमा व्यापक बहस पश्चात् विशेष प्रस्ताव पारित, कानुन विद्यार्थीहरूकाे व्यावहारिक सिकाईका लागि प्रयाेगात्मक अभ्यास , कानुन विद्यार्थीहरूकाे सामाजिक र राष्ट्रिय भूमिका बारे बहस र अदालतका उच्च अधिकारीहरूसँग अनुभव आदन प्रदान तथा विशेष अन्तरक्रिया गरिएको परिषद्ले जनाएको छ ।

    सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटा, विधि आयोग भारतका सदस्य प्रा.डा. राका आर्या, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र के.सी, कानुन कार्य प्रमुख भानु प्रकाश जोशी, अधिवक्ता निकेश कुमार लम्साल, वरिष्ठ अधिवक्ता प्रा.हेमराज गिरि लगायतको विशेष उपस्थिति रहेको थियोे ।

    received_8023046251083697.jpeg

    received_1070979251255391.jpeg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend