Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने त्रिविको निर्णय


६, भदौ २०८१
  • 223
    SHARES
  • आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने त्रिविको निर्णय

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    त्रिविका ६२ वटै आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधारमानी त्रिविको स्वीकृति रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच २०८१ साउन १५ गते समझदारी भएको थियो ।

    सोही समझदारी अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो । त्यसका लागि तीन सदस्यीय स्थलगत अध्ययन कार्य टोली गठन गर्ने निर्णय गरिएको छ ।

    सो टोलीको पेस गरेको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको हो ।

    त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय प्रमुख एमान सिंह बोहराले त्रिविको नियम कानून अनुसार नै नियुक्ति प्रक्रिया अगाडि बढाइने बताए ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend