काठमाडौं । प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसईईपछि न्यूनतम २ जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर स्वास्थ्यतर्फ यो वर्ष १३ वटा कार्यक्रम अघि सारेको छ ।
(सीटीईभीटी)ले तीनवर्षे शैक्षिक कार्यक्रम अन्तर्गत १३ वटा कार्यक्रम अघि सारेको हो ।
त्यस्तै सीटीईभीटीले न्यूनतम १.६ जीपीए प्राप्त गरेको विद्यार्थीले सीटीईभीटी अन्तर्गत प्रिडिप्लोमा कोर्स सात विधामा १८ देखि २४ महिनासम्मका शैक्षिक कार्यक्रमहरु अघि सारेको छ ।
सीटीईभीटीका अनुसार अबका केही दिनमै प्रवेश परीक्षा लिने तयारी गरिएको जनाएको छ ।
यी हुन् स्वास्थ्यका १३ विषयहरु:-
पीसीएल नर्सिङ
डिप्लोमा इन फार्मेसी
पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी
पीसीएल इन जनरल मेडिसिन
सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी
सर्टिफिकेट इन फिजियोथेरापी
सर्टिफिकेट इन होमियोपेथी
सर्टिफिकेट इन अकुपञ्चर एन्ड अकुप्रेसर
सर्टिफिकेट इन डेन्टल साइन्स
डिप्लोमा इन आयुर्वेदा फार्मेसी
डिप्लोमा इन योग एन्ड नेचुरोथेरापी
सर्टिफिकेट इन मेडिकल साइन्स (आयुर्वेदा एन्ड जनरल मेडिसिन )
पीसीएल इन अप्थाल्मिक साइन्स
सर्टिफिकेट इन
आम्ची साइन्स