Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हिमाल आरोहणका लागि ३६ जनाले पाए अनुमति


१६, भदौ २०८१
  • 167
    SHARES
  • हिमाल आरोहणका लागि ३६ जनाले पाए अनुमति

    काठमाडौँ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् ।

    विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”

    आरोहण अनुमति खुला गरिएको पछिल्लो एक सातामा सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएको उहाँले जानकारी दिनुभयो ।

    आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन् । वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए ।

    मनास्लु आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन पर्यटन विभाग र सरोकारवालाबिच अनौपचारिक छलफल जारी रहेको जानकारी दिँदै निर्देशक गुरुङले यो महिनाको अन्त्यसम्म मनासलुको चुचुरोसम्म बाटो बनाएर आरोहण सुरु गरिने जानकारी दिनुभयो । गत वर्ष भदौ ३१ गते मनासलुमा पहिलो आरोहण भएको थियो ।

    हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले हिउँदे पर्वतारोहणतर्फ मनासलु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend