Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

महारानीथानमा पर्यटकीय सम्भावना


२५, भदौ २०८१
  • 239
    SHARES
  • महारानीथानमा पर्यटकीय सम्भावना

    म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–७, कुरिलाखर्कमा रहेको महारानीथान ऐतिहासिक पर्वत राज्य र महारानीसँग आबद्ध महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसको पर्यटकीय सम्भावना रहेको भए पनि यसतर्फ भने ध्यान पुग्न सकेको छैन ।

    उचित प्रचार हुन सके यसको पर्यटकीय गन्तव्य बन्न सक्छ । यो थान सदरमुकाम बेनीबाट नजिकै रहेको प्रमुख धार्मिकस्थल पनि हो । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त बनेकी उनकी पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ ।

    पर्वत राज्यका तत्कालीन राजाका दुई रानीबाट जन्मेका भर्तिबम र मलेबम दुई भाइबिचको शक्तिको लडाइँमा पति वियोगमा परेर विक्षिप्त भएर सन्न्यास लिएर अलप हुन पुगेकी विश्वप्रभा अर्थात् महारानीको सम्झनास्वरूप यो ठाउँको महत्व छ ।

    महारानीथान क्षेत्र विकास कोषका पूर्वअध्यक्ष अमृतदेवी बानियाँले महारानीको अकाल मृत्युपश्चात् माइती पक्षलाई सपनीमा सताउने गरेपछि महारानीले सपनामै आफ्नो पूजा गर्न र बलि दिन भनिएको प्रसङ्ग सुनाउनुभयो । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने भनेपछि महारानीथानमा नियमित पूजा अर्चना गर्न थालिएको जनविश्वास रहेको बताउनुभयो ।

    मदनपुरस्कार विजेता ऐतिहासिक उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँ महारानीको मृत्यु भएको त्यस स्थानमा निश्चित समय पछि पूजाअर्चना हुन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महारानीथानलाई अहिलेको अवस्थाको व्यवस्थित गराउने काम तुलबहादुर शाक्यले गर्नुभएको र त्यसभन्दा पहिला पनि नियमित पूजाअर्चना हुने गरेको तथ्यले देखाउने गरेको थियो ।”

    महारानीथान म्याग्दी जिल्ला सदरमुकामको दृश्य अवलोकन गर्न र मनोरमस्थल मन पराउनेका लागि उत्कृष्ट गन्तव्य रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उक्त स्थान जिल्ला भित्रने पर्यटकका लागि पर्यटकीय हिसाबले पनि नजिकै रहेको र धेरै सम्भावना बोकेको हुनाले थानको उचित प्रचार गर्न सकेको खण्डमा आन्तरिक पर्यटकलाई बेनी बजारमा अड्याउनका लागि निकै महत्वपूर्ण हुने केसीको धारणा छ ।

    महारानीथानमा दर्शन, भाकल र पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास अनुरूप अहिले नियमित पूजाअर्चना हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बेलबहादुर कटुवालको भनाइ छ । महारानीथानमा आउने भक्तजनको सुविधा र त्यसको प्रवर्धनका लागि मन्दिर परिसरमा पर्खाल र तारबार, टहरा, शौचालय, पार्क निर्माण, खानेपानीको सुविधा, नयाँ मूर्ति प्रतिस्थापन गरी थानलाई व्यवस्थित गरिएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend