कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाणगंगा नगरको एक दिवसीय अभ्यास वर्ग, सिद्धार्थ क्याम्पसमा सम्पन्न भएको छ ।
जसमा अतिथिको रूपमा क्याम्पस प्रमुख वेद राम अर्याल, सह क्याम्पस प्रमुख गोविन्द खनाल, कक्षा ११/१२ का संयोजक राज कुमार अर्याल, सहायक प्रा. ज्ञान राज अर्यालको उपस्थिति रहेको थियो ।
उक्त वर्गको प्रशिक्षकको रूपमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कडेल रहनु भएको थियो । यस अभ्यास वर्गको संयोजक प्रदेश सदस्य प्रदिप के.सीले गर्नु भएको थियो, नियन्त्रण अर्चना आचार्यले गर्नुभएको थियो भने स्वागत नगर सह सचिव विमला घिमिरेले गर्नुभएको थियो ।
उक्त वर्गमा स्नातक तह र ११/१२ का केहि विद्यार्थी गरी ७२ जनाको सहभागी रहेको थियो जसमा रमेश कडेलले व्यक्तिले जीवनमा सफल हुन ध्यान दिनुपर्ने कुरा, देश विकासमा युवाको भुमिका, राष्ट राष्ट्रियता र देश, असल व्यक्ति निर्माणको माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्माण हुन सक्छ भनेर प्रशिक्षण दिनुभएको थियो ।
उक्त वर्गबाट नयाँ नगर समिति पनि घोषणा गरिएको थियो जसमा सचिव दायित्वमा पुजा गौतम, सह सचिवमा विमला धिमिरे, माया न्यौपाने, छात्रा प्रमुख मनिषा भाट श्रेत्री, सह छात्रा प्रमुख वर्षा सुनार, कोषाध्यक्ष शिशिर आचार्य, मिडिया प्रमुख सोभा भुसाल, जनजाति कार्य प्रमुख मदन सिजापति, लगायत सदस्यहरू संगिता बोहरा, मन्जु भाट क्षेत्री, बसुन्धरा कुँवर, जुना सारू, लक्ष्मी थारू, गीता थारू आदि २२ सदस्य समिति निर्माण भएको थियो ।