Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भोली राष्ट्रिय शिक्षा दिवस मनाइँदै, मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


१, असोज २०८१
  • 230
    SHARES
  • भोली राष्ट्रिय शिक्षा दिवस मनाइँदै, मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौँ । भोली हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो ।

    यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकतास् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ साताभरि नै देशैभर राष्ट्रिय शिक्षा दिवस मनाउन लागिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँमा हुनेछ । दिवसका लागि शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ ।

    दिवसलाई सफल बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् ।

    दिवसको अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घ संस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी विद्यालयमध्ये राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिनेछ । उनीहरूलाई राष्ट्रिय सिल्ड, ध्वजा र क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

    यस्तै प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई समेत पुरस्कार प्रदान गरिनेछ । उनीहरू राष्ट्रिय ध्वजा र नगद एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

    त्यस्तै उत्कृष्ट क्याम्पस तर्फ समेत राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ । विश्वविद्यालय अन्तर्गत आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसहरूलाई दुई लाख ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

    त्यस्तै उच्च शिक्षातर्फ नेपाल विद्याभूषण ‘क’ बाट २६४ जनालाई प्रदान गरिनेछ । त्यस्तै नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रा विद्यापदक ‘क’ १५ जनालाई प्रदान गरिनेछ ।

    समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्‍याएका संस्थाहरूलाई समेत पुरस्कार प्रदान गरिनेछ । स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद २/२ लाख पुरस्कार प्रदान गरिनेछ ।

    त्यस्तै सामुदायिक विद्यालयका ७४ जना शिक्षक, निजी तर्फका शिक्षक, कर्मचारी तथा संस्थापकमध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय कर्मचारी तथा बाल विकास शिक्षकमध्ये ३५ जनालाई समेत पुरस्कार प्रदान गरिनेछ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जनालाई समेत सम्मान प्रदान गरिनेछ ।त्यस्तै विश्वविद्यालयका २५ जना उत्कृष्ट शिक्षक कर्मचारीहरूलाई समेत सम्मान गरिनेछ ।

    कार्यक्रममा शैक्षिक स्मारिका २०८१ समेत विमोचन हुनेछ । विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शनका साथै साथै शैक्षिक गतिविधि झल्कने विविध सामग्रीको प्रदर्शनी समेत गरिन मन्त्रालयले जनाएको छ । 

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend