Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यसवर्ष क-कसले पाए विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?


२, असोज २०८१
  • 142
    SHARES
  • यसवर्ष क-कसले पाए विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?

    काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत ९ जनालाई यसवर्षको 'राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार-२०८१' ले सम्मान गर्ने भएको छ ।

    उनीहरूलाई राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा बुधबार पुरस्कार वितरण गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्षको शिक्षा दिवसमा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार पाउने ९ जनाको नाम सार्वजनिक गरेको हो ।

    मन्त्रालयका अनुसार यो वर्ष स्वास्थ्य क्षेत्रतर्फ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाल पुरस्कृत भएका छन् ।

    त्यस्तै, वातावरणतर्फ काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा नानी राउत, ऊर्जातर्फ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा श्रीराज शाक्य र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा माधवप्रसाद पाण्डेय पुरस्कृत भएका छन् ।

    उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा विनोद दवाडी पुरस्कृत भएका छन् भने विद्यालय शिक्षातर्फ काठमाडौंको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ नेपाल विशेष अनलाइनका पत्रकार छत्र कार्की र कर्मचारीतर्फ मन्त्रालयकी सि.डि.ई. मनिषा महर्जनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend