Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मौसम खुलेसँगै पर्यटकले भरिन थाल्यो अन्तु


६, असोज २०८१
  • 217
    SHARES
  • मौसम खुलेसँगै पर्यटकले भरिन थाल्यो अन्तु

    इलाम । वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ । आकासे वर्षा नभएको दुईरचार दिन हुँदा इलामको अन्तुका लागि भने पर्यटकीय याम सुरु भएको छ ।

    तराईको गर्मी उस्तै हुँदा अहिले अन्तुको चिसोमा रमाउनेहरू खचाखच हुन थालेका छन् । अझ भारतीय नागरिक अन्तु आएर निकै रमाउने गरेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ । अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् ।

    मौसम खुलेपछि बिहानको सूर्योदय हेर्न रमाउनेको सङ्ख्या उस्तै हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पनि दैनिक आउने पर्यटकको सङ्ख्या निकै बढेको छ । यहाँका होमस्टे, होटेल र कटेज बुकिङ हुन थालेका छन् । यस वर्ष फेसबुक, ट्विटर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालका कारण आउने पर्यटक यहाँ पुग्ने गरेका छन् ।”

    अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाटी, आसामबाट ठुलो सङ्ख्यामा भारतीय आएका छन् । झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । घिमिरेले भन्नुभयो, “सूर्योदय देखिने समय सुरु हुनै लागेको छ ।

    चिया टिपाइको समय पनि बाँकी नै छ । तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ । अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण भएको छ ।’’ त्यसो त चिया बारीबिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ । सूर्योदयको दृश्यावलोकनका लागि सूर्योदय नगरपालिकाले टिकट लिने गरेको छ ।

    प्रतिव्यक्ति ५० रुपियाँ लाग्ने गरेको त्यहाँका कर्मचारी दीपेन पुलामी मगरले बताउनुभयो । मगरका अनुसार चालु आव सुरु भएयता अन्तुमा करिब आठ हजार पर्यटक भित्रिएका छन् । गत आवमा भने करिब एक लाख पर्यटकले अन्तु भ्रमण गरेको पुलामी बताउनुहुन्छ ।

    सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिवीटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु पुग्न सकिन्छ । यहाँ ६५ वटा सामुदायिक होमस्टे र होटेल तथा कटेज ८३ वटा रहेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घले जनाएको छ ।    

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend