Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय


१०, असोज २०८१
  • 246
    SHARES
  • पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय

    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ ।

    पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको सङ्ग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

    शुक्रबार सङ्ग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो ।

    पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो सङ्ग्रहालय बिहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म खुल्ला हुन्छ । पर्यटन दिवसकै सन्दर्भमा सङ्ग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दै छ ।

    रसियाली लेखक एवम् पर्वतारोही युरी रोदिचेभले सङ्कलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उहाँले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

    ‘‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा सङ्ग्रहालयमै रहनेछन् भने रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो सङ्ग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् ।

    संग्रहालयको रेकर्डअनुसार यहाँ एक सय पाँच देशका नागरिकले भ्रमण गरेका छन्,’’ संग्रहालयका कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो ।

    संयुक्त राष्ट्रसङ्घले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend