Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशः स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट


१७, असोज २०८१
  • 180
    SHARES
  • लुम्बिनी प्रदेशः स्वास्थ्य कार्यालयमा पाल्पा, आयुर्वेदमा अर्घाखाँची र अस्पतालमा बर्दिया उत्कृष्ट

    दाङ । गत आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादनको आधारमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।

    स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ । रोल्पा द्धितिय र गुल्मी तृतिय भएको छ । यस्तै अस्पताल तर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ । आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बिनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएको छ ।

    स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए । ‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरस पालना गर्दै सबै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ’उनले भने,‘सबै निकायबिचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’

    प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् । स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका बिषयलाई समेटेर तयार पारिएको सुचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend