Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा हुने, कुन प्रदेशबाट कति छन् विद्यार्थी ?


४, कात्तिक २०८१
  • 128
    SHARES
  • कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा हुने, कुन प्रदेशबाट कति छन् विद्यार्थी ?

    काठमाडौं । शिक्षक सेवा आयोगले कार्तिक १० गते माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा लिँदै छ । आयोगले उक्त परीक्षाको लागि परीक्षा केन्द्र तोकिसकेको छ ।

    आयोगका अनुसार जम्मा परीक्षार्थी संख्या ४४ हजार पाँच सय १० जना रहेका छन् । जसमध्ये कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन् । परीक्षा केन्द्र मोरङ तोकिएको छ । मधेश प्रदेशबाट ७ हजार २ सय २२ रहेका छन् । परीक्षा केन्द्र धनुषा तोकिएको छ ।

    बागमती प्रदेश मकवानपुर परीक्षा केन्द्रका लागि पाँच हजार परीक्षार्थीहरू छन् । यस्तै,बागमती प्रदेश परीक्षाकेन्द्र ललितपुरका लागि पाँच हजार १ सय २५ जना परीक्षार्थीहरू छन् ।

    गण्डकी प्रदेश कास्की परीक्षा केन्द्रका लागि ३ हजार १ सय छन् । लुम्बिनी प्रदेशबाट ६ हजार ८ सय २ जना परीक्षार्थीहरू छन् । परीक्षा केन्द्र दाङ तोकिएको छ ।

    कर्णाली प्रदेशको परीक्षा केन्द्र सुर्खेत जिल्लाको लागि चार हजार ३ सय १२ जना परीक्षार्थीहरू छन् । सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ९ सय ७५ जना परीक्षार्थीहरू रहेका छन् । यसको लागि कैलाली परीक्षा केन्द्र तोकिएको छ ।

    शिक्षक सेवा आयोगले गत साउन २६ गते मावि लाइसेन्सको लागि विज्ञापन गरेको थियो । परीक्षा समय दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ ।

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend