Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कञ्चनजङ्घामा बढे पर्यटक


२६, कात्तिक २०८१
  • 180
    SHARES
  • कञ्चनजङ्घामा बढे पर्यटक

    ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

    भदौदेखि सुरु भएको अहिलेको पर्यटकीय मौसममा हालसम्म विदेशी पर्यटक मात्र करिब सात सय जना कञ्चनजङ्घा आएका छन् । आन्तरिक पर्यटक विदेशीभन्दा दोब्बर बढी आएको स्थानीय व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फ्रान्स, अमेरिका, जापानसहितका देशका पर्यटक आएका छन् ।

    हालको मौसममा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न सबैभन्दा बढी फ्रान्स, अस्ट्रेलिया, जर्मनीलगायतबाट पर्यटक आएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष यो मौसममा करिब छ सय जना विदेशी पर्यटक आएका थिए । यस वर्ष अहिले पनि विदेशी पर्यटक आउजाउको क्रम चलिरहेको कञ्चनजङ्घा आधार शिविर क्षेत्रका होटेल व्यवसायी सेराप शेर्पाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विदेशीसँगै उल्लेख्य रूपमा स्वदेशी अर्थात् आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरिरहेका छन् । उहाँले दसैँ र तिहारको समयमा अधिक पर्यटक कञ्चनजङ्घा भ्रमणमा पुगेको बताउनुभयो । चाडपर्वको समयमा आन्तरिकमा स्थानीय पर्यटकको ठुलै सङ्ख्याले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको उहाँको भनाइ छ ।

    सदरमुकाम फुङ्लिङस्थित होटेल माउन्टेनका सञ्चालक विमल भण्डारीले पनि गत वर्षभन्दा यस वर्ष ताप्लेजुङ भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । होटल व्यवसायी भण्डारीका अनुसार हालको मौसममा गत वर्षभन्दा यस वर्ष विदेशी पर्यटक बढी आएका छन् । कञ्चनजङ्घा आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण यस पटक सदरमुकाम फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होटेल राम्रै चलेको व्यवसायी बताउँछन् ।

    पर्यटन व्यवसायीका अनुसार वर्षमा दुई याम पर्यटक कञ्चनजङ्घा भ्रमणमा आउने गरेका छन् । पहिलो चैत, वैशाख र जेठ तथा दोस्रो भदौ, असोज, कात्तिक र मङ्सिरमा पर्यटक आउने गर्छन् । बाँकी असार र साउन महिना झरी वर्षा तथा पुस, माघ र फागुन महिनामा हिउँका कारण पर्यटकको आउजाउ ठप्प हुने गरेको व्यवसायीको भनाइ छ ।   

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend