Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एमआरआई मेसिन खरिद गर्न पन्ध्र करोड


२८, कात्तिक २०८१
  • 304
    SHARES
  • एमआरआई मेसिन खरिद गर्न पन्ध्र करोड

    देउखुरी । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

    प्रदेश सरकारले एमआरआई मेसिन खरिदका लागि रकम उपलब्ध गराएपछि लुम्बिनी प्रादेशिक अस्पतालले टेन्डरमार्फत खरिद प्रक्रिया अघि बढाएको छ । बुटवलमा एमआरआई मेसिन स्थापनाका लागि चार वर्षदेखि हुँदै आएको प्रयास यो वर्ष पनि असफल हुने चिन्ता थपिएको छ ।

    मेसिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गलत ढङ्गका प्रचारबाजी भएपछि उक्त योजना यस पटक पनि तुहिने हो कि भन्ने चिन्ता थपिएको अस्पतालले जनाएको छ ।

    एमआरआई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रमबारे स्पष्ट पार्न अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी ती हल्लाको खण्डन गरेको छ । अस्पतालले मेसिन खरिदका लागि यही कात्तिक १ गते बोलपत्र आह्वान गरेको थियो ।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.इन्द्र ढकालले ‘एनसिबी’ अर्थात नेसनल कम्पिटेटिभ बिडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मूल्य १५ करोड राखिएकोमा सोही मूल्यमै सामान खरिद गरिएको जस्तै गरी गलत प्रचार भएको गुनासो गर्नुभयो ।

    डा.ढकालका अनुसार बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीले प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने प्रावधान छ ।

    उहाँले भन्नुभयो, “सामान्यतया कम्पनीले २०/२५ प्रतिशतसम्म कम मूल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेसिनको मूल्य पनि कम हुने अनुमान गरेका छौँ तर बजारमा गलत हल्ला बढी भयो ।” 

    बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेसिन खरिद गर्ने नभई विश्व बजारमा हाल आएका भन्दा केही पुरानो प्रविधि भएको उहाँको भनाइ छ ।

    प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेसिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेसिन खरिद गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

    बजारमा नयाँ एमआरआई मेसिनलाई २५ देखि ३० करोड रुपियाँसम्म पर्ने भएकाले प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड रुपियाँभित्रै सीमित रहेर मेसिन खरिद गर्ने अस्पतालको भनाइ छ ।   

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend