Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज


१४, मंसिर २०८१
  • 105
    SHARES
  • लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज

    काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् ।

    समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले जानकारी दिए ।

    बज्राचार्यअनुसार आज विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी दीक्षित हुँदै छन् ।

    लुम्बिनीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुँदै छन् । उनीबाहेक स्नातकोत्तर तहका १ सय ८६, स्नातकका ८८, विद्यावारिधी पूरा गरेका ७ र पीजीडीका ८ विद्यार्थी दीक्षित हुनेछन् ।

    विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।

    यस्तै, बौद्ध शिक्षा, धर्म दर्शनको प्रवर्धनमा योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend