Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला


२३, मंसिर २०८१
  • 149
    SHARES
  • काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ ।

    महानगरले दैनिक उपभोग्य वस्तु र खाद्य वस्तुको अनुचित बिक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ ।

    महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुनधारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

    सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।

    उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको भेटिएको छ । मसला राख्ने भाँडा फोहर, भान्छाको भुईँमा पानी जमेर फोहर भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राख्ने गरिएको, मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको भेटिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको र किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

    त्यस्तै फ्रिज सफाइ नगरी फ्रिजमा अटुन्जेल सामान कोचेर राखिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल नराखिएको भेटिएको छ । मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन, भाँडा माझ्ने ठाउँ फोहर भेटिएको छ । व्यक्तिगत सामान भान्छामा राखिएको, मूल्य सूची नराखिएको लगायतका कमजोरी अधिकांश मःम पसलमा पाइएको छ । 

    यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको महानगरले जनाएको छ ।  

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend