Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षकलाई उपचारमा छुट दिन मन्त्रालयको प्रस्ताव


१९, माघ २०८१
  • 230
    SHARES
  • शिक्षकलाई उपचारमा छुट दिन मन्त्रालयको प्रस्ताव

    काठमाडौँ । शिक्षकलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । यो प्रस्ताव मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको छ । केही समयअघि शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पठाएको प्रस्तावमा शिक्षकलाई उपचारमा ४० प्रतिशत छुट दिने उल्लेख गरिएको छ । 

    तर, छुट पाउन सरकारी अस्पतालमा उपचार गराउनुपर्ने र मुलुकभर जहाँको अस्पतालमा उपचार गराए पनि हुने प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयबाट आधिकारिक धारणा आएपछि दुवै मन्त्रालयबिच बैठक बसेर उपचार सुविधासम्बन्धी ‘मोडालिटी’ बनाएर कार्यान्वयन चरणमा जाने मन्त्रालयको योजना छ । 

    अहिले निजामती कर्मचारीका लागि स्थापना गरिएको निजामती अस्पतालमा कर्मचारीलाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शिक्षकको सवालमा पनि सोही मापदण्ड लागु गर्नुपर्ने मन्त्रालयको भनाइ छ । उपचारमा कस्ता शिक्षकलाई छुट दिने र यसरी छुट दिँदा वार्षिक कति रकम लाग्छ भन्ने विषयमा अध्ययन नभएका कारण तत्काल कार्यान्वयनमा जान समय लाग्ने छ । शिक्षा र स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले थप समय लाग्न सक्छ । 

    तर, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने शिक्षकलाई उपचारमा छुट दिँदा ठुलो आर्थिक भार नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सरकारी अस्पतालको उपचार शुल्क खासै महँगो छैन । ४० प्रतिशत थप छुटको व्यवस्था गर्दा आत्तिनुपर्ने गरी आर्थिक भार पर्छ जस्तो लाग्दैन ।” उपचारमा छुटको प्याकेजमा सामुदायिकसहित निजी विद्यालयका शिक्षकलाई पनि समेट्नुपर्ने शिक्षा मन्त्रालयको धारणा रहेको उहाँले बताउनुभयो । नयाँ आर्थिक वर्षका लागि बजेट बनाउने समय आएकाले सोही बजेटमार्फत शिक्षकलाई उपचारमा छुटको प्याकेज ल्याउने तयारीमा मन्त्रालय जुटेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend