Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कानुन विपरीत कन्सल्टेन्सीहरू चलाए कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी


२१, माघ २०८१
  • 156
    SHARES
  • कानुन विपरीत कन्सल्टेन्सीहरू चलाए कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ ।

    कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो ।

    मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न सचेत गराएको हो । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले एक सूचना जारी गर्दै निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    निर्देशिकाले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने समेत मन्त्रालयले चेतावनी दिएको छ । २०७५ साल १४ गतेभन्दा अगाडि स्थापना भएका कन्सल्टेन्सीहरूको यो वर्ष नवीकरण गरिएको थियो ।

    नवीकरण गरेका कतिपय संस्थाहरूले अनुमति नपाएको क्षेत्रमा समेत शाखा कार्यालय खोल्ने, अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गर्ने जस्ता कार्य गरिरहेको गुनासो मन्त्रालयमा पुगेको थियो ।

    education_u3dS74eDlT.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend