Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान


२९, माघ २०८१
  • 265
    SHARES
  • जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गर्ने उद्देश्यले मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

    त्यसका लागि प्रबन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ । उक्त कार्यविधिमा तोकिएको मापदण्ड अनुसार इच्छुक व्यक्तिहरूलाई सात दिनभित्रमा आवेदन दिन आह्वान गरेको हो ।

    लिमिटेडको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा शिक्षा, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर कुनै संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

    आवेदनकर्ताहरूले पाँच हजार शब्दमा नबढ्नेगरी व्यावसायिक कार्ययोजना तयार गरी कार्ययोजनाका कुनै पनि पानामा आफ्नो पहिचान नखुल्नेगरी चार प्रति सिलबन्दी सहितको खाममा पेस गर्नुपर्नेछ ।

    आवेदन दिने व्यक्तिहरू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वयं घोषणा गर्नुपर्नेछ । जनक शिक्षा सामाग्री केन्द्रसँगको ठेक्का वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफैं वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा केन्द्रसँग निजी स्वार्थ नभएको हुनुपर्नेछ ।

    त्यस्तै आवेदनकर्ताको नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको हुनुपर्नेछ । मन्त्रालयले प्रबन्ध सञ्चालक पदमा नियुक्तिको लागि सिफासिर गर्न एक छनौट समिति बनाएको छ । सञ्चालक समितिका सेवा निवृत्त अध्यक्ष मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जनाको संयोजत्वमा छनौट समिति हुनेछ । जसको सदस्यमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशन हुनेछ भने । मन्त्रालयको कर्मचारी प्रशासन हेर्ने सहसचिव सदस्य सचिव हुनेछन् ।

    476495629_1573633743309177_8387681068277080761_n.webp 

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend