Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रादेशिक देशकै पहिलो अस्पताल बन्दै 


२९, माघ २०८१
  • 470
    SHARES
  • लुम्बिनी प्रादेशिक देशकै पहिलो अस्पताल बन्दै 

    बुटवल । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको काम अहिले धमाधम भइरहेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रूपैयाँको लागतमा भवन निर्माण काम सुरू गरिएको हो ।

    लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना अन्तर्गत अगाडि बढाइरहेको भवनको शिलान्यास गत भदौ १५ गते गरिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

    शिलान्यास गरिएको पाँच महिना अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म बनिसक्नुपर्ने छ । दैनिक २१० जना कामदार काममा खटिएका र २० जना प्राविधिकले कामको अनुगमन गरिरहेको बताइएको छ ।

    भवन पाँच हजार आठ सय वर्गमिटर हाराहारी क्षेत्रफलमा बन्नेछ । भवनको सबैभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सी आउजाउ गर्न मिल्ने लिफ्ट बन्नेछ ।

    भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ८० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये निर्माण कम्पनीलाई पेस्कीसहित डेढ अर्ब रूपैयाँ जति भुक्तानी भइसकेको छ । अस्पतालको पुरानो भवन २०१६ सालमा बनेको थियो ।

    यसअघि लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलले २०७६ सालमा सरकारको ड्रिम प्रोजेक्ट रूपमा अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढाएका थिए । कुल ६ बिघा १२ कट्ठा जमिनमा सञ्चालित ११४ वर्ष पुरानो अस्पताल, निर्माण पूरा भएपछि देशकै पहिलो अस्पताल हुनेछ । अहिले अस्पतालमा ८५१ जना कार्यरत छन् ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend