Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पछिल्लो १० वर्षमा अध्ययनका लागि विदेशिने नेपालीको संख्या ६ लाख ३९ हजार बढी 


४, फागुन २०८१
  • 189
    SHARES
  • पछिल्लो १० वर्षमा अध्ययनका लागि विदेशिने नेपालीको संख्या ६ लाख ३९ हजार बढी 

    काठमाडौँ । पछिल्लो १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली विद्यार्थी विदेशमा पढ्नका लागि गएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।

    पछिल्लो तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन् । विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेका थिए ।

    तर, आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिकमा थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए ।

    त्यस्तै आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका हुन् ।

    capture44_LTCawKUnGT.webp

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend