Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उपलब्ध गरायो शैक्षिक ऋण


७, फागुन २०८१
  • 159
    SHARES
  • परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उपलब्ध गरायो शैक्षिक ऋण

    काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि ३० जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ ।

    नगरपालिकाको शैक्षिक ऋण निर्देशिका २०८१ बमोजिम शिक्षा समितिको सिफारिसअनुसार ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराइने भएको हो । शैक्षिक ऋण प्राप्त गर्ने विद्यार्थीहरुले मञ्जुरीनामामा हस्ताक्षर गर्ने परिवारका सदस्य लिई १५ दिनभित्र नगरपालिकाको कार्यालयमा उपस्थित हुन भनिएको छ । नगरभित्रका विद्यार्थीलाई ५० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराइएको छ ।

    नगरप्रमुख भरत बडायर जोशीका अनुसार शैक्षिक ऋण दिँदा अध्ययन गरिरहेको भन्दा तल्लो तहको सर्टिफिकेट धितो राखिन्छ । यसरी नगरले उपलब्ध गराएको ऋणमा कुनै व्याज लाग्ने छैन । विद्यार्थीले आफ्नो अध्ययनको अन्तिम वर्ष पूरा गरेको चार वर्षभित्र शैक्षिक ऋण तिरिसक्नुपर्ने छ । चार किस्तामा ऋण तिर्न सकिने व्यवस्था मिलाइएको पनि नगरप्रमुख जोशीले बताए ।

    ‘हामीले आवेदन परेको मध्यबाट ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेका छौं । अध्ययनरत संस्थामा तिर्नुपर्ने शुल्कको आधारमा उनीहरुलाई कति ऋण उपब्ध गराउने भनी निर्धारण गरिएको हो । यसरी शैक्षिक ऋण लिँदा कुनै व्याज तिर्नुपर्दैन । अध्ययन सकिएको अन्तिम वर्षदेखि चार वर्षभित्र ऋण तिरिसक्नुपर्ने छ । विद्यार्थीले अध्ययन गरिरहेको तहभन्दा तल्लो तहको सर्टिफिकेट धितो राखेर ऋण दिइन्छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा नगरप्रमुख जोशीले भने ।

    जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । जोशीले त्रिचन्द्र कलेजबाट फिजिक्समा स्नातक र चीनबाट एड्मोस्फेरिक फिजिक्समा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने उनको चुनावी एजेण्डा नै रहेको थियो ।

    1-2-603x768.jpg3-13-579x768.jpg14-25-581x768.jpg26-30-597x768.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend