Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चिसो छल्न साइबेरियन चराहरू कतार आइपुगे


१३, फागुन २०८१
  • 259
    SHARES
  • चिसो छल्न साइबेरियन चराहरू कतार आइपुगे

    कतार । अत्यधिक चिसोबाट बच्न हजारौँ माइलको यात्रा गरेर साइबेरियन विभिन्न प्रजातिका चराहरू कतार आउन थालेका छन् ।

    साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि साइबेरियन चराहरू जाडो छल्नका लागि कतार, दुबई लगायत खाडि राष्ट्रको समुन्द्री किनारमा आउन थालेका हुन् ।

    पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण अन्य वर्षको तुलनामा यो वर्ष  कतारमा आगन्तुक चरा आउने गरेका पाइन्छ । दोहा कतारको कर्नेस र लुसेल एरिया यस वर्ष पनि आगन्तुक साइबेरियन चराको चिरविराहट र चहलपहलले रमणीय र मनमोहक भएको छ ।

    मध्य एसियाको आकाशको उडान मार्ग हुँदै चराहरू कतार आइपुग्छन् यसरी बसाइसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन् । चराले बसाइसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ ।

    विश्वमा आगन्तुक चराको लागि नौ वटा उडान मार्ग पहिचान गरिएका छन् । कतार आउने साइबेरियन चराहरू मध्य एसियाली उडान मार्गमा हुँदै कतार आउने उपयुक्त बाटो हो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend