Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो


२०, फागुन २०८१
  • 204
    SHARES
  • नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुग्यो

    काठमाडौँ । नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुगेको छ । पछिल्लो पटक बैजनी–बुङ्गेचरा थप भएको हो । यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने गरेकोमा नेपालमा पनि भेटिएको हो ।

    झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा नयाँ प्रजातिको चरा 'पर्पल–रुम्पेड सनवर्ड' अर्थात् बैजनी–बुङ्गेचरा भेटिएको र अभिलेख भएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।

    चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनका क्रममा फागुन ७ गते मेचीनगर क्षेत्रको आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा यो चराको भालेपोथी देखेका थिए ।

    खरेलपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शङ्कर लुइँटेलले पनि अवलोकन गरेका थिए । चराको तस्बीर पाएपछि त्यसको पुष्टि बर्ड रेकर्ड कमिटीले गरेको अध्यक्ष डा.तुल्सी सुवेदीले जानकारी दिए ।

    यसैबीच नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले गएको मङ्सिर २३ गते भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खेतमा खैरो झाडी फिस्टो चरा देखेका थिए ।

    गुरुङले खिचेको यो चराको तस्वीर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए । चराको तस्वीर र अन्य विवरणका आधारमा चरा खैरो झाडी फिस्टो भएको कमिटीले पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा.तुल्सी सुवेदीले जानकारी दिए ।

    खैरो झाडी फिस्टो चरा

    नेपालमा १९औं शताब्दीयता यो चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा.सुवेदीले बताए । अङ्ग्रेजी नाम 'ब्राउन बुस वार्ब्लर' रहेको यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पक्षीविद् सङ्घले जनाएको छ । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend