Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जिपलाइनमा पर्यटककाे आकर्षण बढ्दो


२६, फागुन २०८१
  • 159
    SHARES
  • जिपलाइनमा पर्यटककाे आकर्षण बढ्दो

    गुल्मी । गुल्मीमा जिपलाइनप्रति आकर्षण बढ्दै गएको छ ।

    छत्रकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको जिपलाइनमा दुई महिनाको अवधिमा करिब एक हजारले साहसिक यात्रा गरेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका–३ को छत्रकोट देवालय मन्दिरदेखि भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरि निर्माण भएको जिपलाइन गत पुस महिनाबाट सञ्चालनमा आएको हो ।

    गाउँपालिकाका सूचना अधिकारी हरि टन्डनका अनुसार करिब दुई महिनाको अवधिमा आठ सय ३६ जनाले साहसिक जिपलाइन चढेका छन् भने जसबाट तीन लाख ८२ हजार ९५० राजस्व जम्मा भएको छ ।

    जिपलाइन चढ्नको लागि गाउँपालिकाबासीहरुको लागि चार सय, विद्यार्थीहरुको लागि तीन सय, पालिका बाहिरका नागरिकको लागि पाँच सय र विदेशी नागरिकको लागि एक हजार पाँच सय रुपियाँ शुल्क निर्धारण गरिएको छ ।

    गाउँपालिकाले ‘रुरु रेसुङगाको धार्मिक आस, छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण र सञ्चालन गर्ने कार्यलाई अगाडि बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

    एक हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशन देखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्ने समय ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको छ ।

    जिपलाइनको ८६ लाख ७३ हजार एक सय ४४ रुपियाँको लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियो ।

    छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने पालिकाले विश्वास लिएको छ । यसैबीच रेसुङगा नगरपालिकाले पनि जिपलाइन निर्माणको काम अगाडि बढाएको छ  ।

    धार्मिक तथा पर्यटकीय स्थल रेसुङगाको गर्जुरामाथि रहेको पधेराबाट गर्जुरा पार्क भित्र सम्म आउने गरी जिपलाइन निर्माणको कार्य अगाडि बढेको सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिकाले पनि जिपलाइन निर्माणका लागि विस्तृत लागत अनुमान (डिपीआर)को कार्य गरेको जनाएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend