Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्गानिक होमस्टेका रूपमा चिनिँदै चैलिङ गाउँ


१२, चैत २०८१
  • 134
    SHARES
  • अर्गानिक होमस्टेका रूपमा चिनिँदै चैलिङ गाउँ

    धादिङबेँसी । एकै आकार प्रकारका चिटिक्क परेका घर । बाटोमा विभिन्न प्रकारका रङ्गीन फूल, पाहुनालाई न्यानो स्वागत गर्ने चैलिङवासी । अर्गानिक होमस्टेका रूपमा चिनिन थालेको छ– चैलिङ गाउँ ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ मा रहेको चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ आठ किलोमिटर दुरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बस्ती रहेको गाउँमा कला, संस्कृतिको आनन्दसँगै प्राकृतिक खानाको स्वाद लिन पाइन्छ ।

    चैलिङवासीले आफ्नो गाउँमा आउनेलाई स्थानीय परिकारसँगै सांस्कृतिक कार्यक्रमबाट समेत भरपूर मनोरञ्जन दिने गरेको घरवास सञ्चालक कृष्ण श्रेष्ठले बताए ।

    विभिन्न जातजातिका कला, संस्कृति, वेशभूषा, परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँमा रहेका ३२ घरमध्ये १० घरलाई चैलिङ सामुदायिक घरवास, पाहुना राख्ने घरका रूपमा तोकिएको छ ।

    घरवासलाई व्यवस्थित गर्न स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा चैलिङ सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ ।

    समितिले पाहुनाको सङ्ख्या व्यवस्थापन, खानाको गुणस्तर र सेवासुविधासम्बन्धी नीति बनाउँदै आएको छ । आगामी दिनमा घरवासको सङ्ख्या थप्ने योजनामा रहेको श्रेष्ठले बताए ।

    गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलियाले चैलिङलाई स्थानीय उत्पादनको प्रवर्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गाउँमा पर्यटकलाई थप व्यवस्थित बनाउन दुईतले सामुदायिक भवन निर्माण गरिएको छ ।

    करिब ३३ लाख रुपियाँ लागतमा बनेको भवनमा एक्सन नेपाल र डिसिएले २३ लाख रुपियाँ सहयोग गरेको छ । यस्तै प्रदेश सरकारले १० लाख रुपियाँ अनुदान दिएको छ । स्थानीयले १५ प्रतिशत श्रमदान गरेर भवन निर्माणमा योगदान दिएका छन् ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend