Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने


२४, वैशाख २०८२
  • 252
    SHARES
  • शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जनाएको छ ।

    राष्ट्रिय किताव खाना (शिक्षक) ले सोधेको प्रश्नमा शिक्षा मन्त्रालयले बिरामी बिदाको बेला सार्वजनिक बिदा परेको खण्डमा बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो ।

    किताव खानाले उक्त विषयमा आवश्यक निर्देशन माग गरी पत्र पठाएको थियो । त्यसको जवाफमा सचिव स्तरीय निर्णय गरेर बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो ।

    विद्यालयमा कार्यरत शिक्षकहरूको बिरामी बिदा स्वीकृत गरी बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त सार्वजनिक बिदाका दिनहरू निजको बिरामी बिदामा गणना गर्ने वा नगर्ने भनेर शिक्षा मन्त्रालयलाई सोधेको थियो ।

    त्यसको जवाफमा शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै बिरामी बिदा बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त बिदा समेत बिरामी बिदामा गणना गर्नुपर्ने प्रस्ट पारेको हो ।

    किताव खानाका सूचना अधिकारी सेमन्त गौतमले बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा के हुने भन्ने विषयमा धेरै पालिकाबाट प्रश्न आएपछि मन्त्रालयसँग आवश्यक निर्देशन माग गरिएको बताए ।

    सोही अनुसार अबदेखि बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा गणना गरिने भएको हो । जस्तो कि शुक्रबारदेखि आइतबारसम्म बिरामी बिदा मागेको खण्डमा शनिवार समेत गरेर तीन दिन गणना हुनेछ ।

    education_sA6au6oli7.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend