Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आज विश्व थाइराइड दिवस मनाइँदै


११, जेठ २०८२
  • 117
    SHARES
  • आज विश्व थाइराइड दिवस मनाइँदै

    काठमाडौँ । आज विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

    हरेक वर्ष मे २५ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

    हर्मोन ग्रन्थीबाट हुने थाइराइडबाट नेपालमा कुल जनसङ्ख्यामध्ये झन्डै १२ प्रतिशत पीडित रहेको अनुमान छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ ।

    डाक्टरका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन । तर पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ ।

    थाइराइड रोग विशेषज्ञ डा.भोजराज अघिकारीले पुरुषभन्दा महिलामा १० गुणा बढी थाइराइड देखिने गरेको जानकारी दिनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीडित बिरामी ३० करोडको हाराहारीमा पुगेका छन् ।

    थाइराइड दुई किसिमको हुन्छ, जसलाई हाइपो र हाइपर थाइराइड भनिन्छ । हाइपो थाइराइड ग्रन्थी कमीको रोग हो भने हाइपर थाइराइड ग्रन्थी बढी हुने रोग हो । बढी थकाइ लाग्ने, शरीर सुन्निने, फुल्ने, निद्रा बढी लाग्ने समस्या हाइपो थाइराइडमा हुन्छ ।

    यस्तै छाला फुस्रो हुने, नङ भाँचिने, कपाल झर्ने जस्ता समस्या पनि हाइपो थाइराइडमा देखिन्छ । महिलामा महिनावारी गडबढी हुने, चिटचिट पसिना आउने जस्ता लक्षण देखा पर्छ । तर हइपरको मुख्य लक्षणमा मुटुको धड्कन बढी हुने, तौल घट्नेजस्ता समस्यासमेत देखा पर्छन् ।

    दिवस मनाउनुको मुख्य उद्देश्य थाइराइडकोबारेमा मानिसलाई सचेत गराउनु हो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend