Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद थप


१२, जेठ २०८२
  • 120
    SHARES
  • एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद थप

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो ।

    तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ । यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ ।

    यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

    download_PHWA9aancJ.png

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend