Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इस्मा पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा


१२, जेठ २०८२
  • 469
    SHARES
  • इस्मा पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    गुल्मी । इस्मा गाउँपालिका गुल्मी जिल्लामा सातौ र लुम्बिनी प्रदेशमा २२ औ स्थानमा पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको छ ।

    इस्मा गाउँपालिकाको इस्मा गाउँपालिका वडा नं. ५ रजस्थलको आनन्दपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेका हुन ।

    घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिएपनि यसको दिगो संचालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए ।

    पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन सक्दैन ‘शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन’ कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने भएकोले पालिकाले यसतर्फ विशेष ध्यान दिन समेत आग्रह गरे ।

    साथै उनले स्थानीय तहहरुले लक्षित वर्ग, मानव विकास, क्षमता विकास र सामाजिक विकासको क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता औल्याए ।

    इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको सन्दर्भमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए । घोषणासंगै यसलाई दिगोपना दिनका लागि पालिकाका सबै सरोकारवाला निकाय, नागरिक समाज र समुदायको सहयोग आवश्यक हुने बताए ।

    गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले सो गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडी बढाइएको बताए । त्यसैको प्रतिफल स्वरुप गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्न सफल भएको उपाध्यक्ष कुँवरले बताए ।

    स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नका लागि पालिकाभित्र सम्पन्न गरिएका कार्यक्रमहरुका विषयमा जानकारी गराएका थिए ।

    तोकिएका आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।

    इस्मा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष शेर बहादुर कुँवरले २०७३ साल माघ २५ गते तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाद्वारा सिलान्यास गरिएको हस्तिचौर स्वास्थ्यचौकी पूर्ण खोप, पूर्ण संस्थागत प्रसुति वडा घोषणा हुन सफल भएको जानकारी गराए । गाउँघर क्लिनिक सञ्चालन हुनुका साथै वडाका विभिन्न ४ स्थानबाट खोप सेवा प्रवाह गर्ने गरिएको समेत जानकारी दिए ।

    जिल्लाको २०७८ सालदेखि मालिका गाउँपालिका देशको पहिलो स्थानीय तहका रुपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएपछी हालसम्म गुल्मी जिल्लामा इस्मा गाउँपालिका सहित सात वटा स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन ।

    स्थानीय तहहरुमा मालिका, छत्रकोट, धुर्कोट, रुरुक्षेत्र, चन्द्रकोट, गुल्मीदरबार र इस्मा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । घोषणा सभामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकाका बिभिन्न कार्यक्रमका शाखा प्रमुखहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागिता रहेको थियो ।

    WhatsApp Image 2025-05-26 at 13.52.07_624d2303.jpg

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend