Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकारले शिक्षकसँगको सम्झौता पूरा गर्नुपर्छ : कांग्रेस उपसभापति गुरुङ


३०, जेठ २०८२
  • 110
    SHARES
  • सरकारले शिक्षकसँगको सम्झौता पूरा गर्नुपर्छ : कांग्रेस उपसभापति  गुरुङ

    काठमाडौं  । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरेको सम्झौता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

    नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले भने, "पूरा गर्न नसकिने सम्झौता गर्नु हुँदैन, त्यसैले सरकारले शिक्षकसँग गरेको बाचा पूरा गर्नुपर्छ।" उनले सम्झौता अनुसार असार १५ भित्रै शिक्षा विधेयक संसदमा ल्याउने प्रक्रिया अघि बढिरहेको बताउँदै शिक्षकहरूलाई ढुक्क हुन आग्रह गरे ।

    गुरुङले देशको आर्थिक अवस्थालाई कारण देखाएर शिक्षकहरूको माग पूरा गर्न नसकिने भनाइ अस्वीकार्य भएको बताए। “शिक्षकहरूका माग पूरा गर्न अर्थतन्त्रले भ्याउँदैन भन्ने कुरा बेला बेलामा सुन्ने गरेको छु,” उनले भने, “तर अर्थ छैन भनेर सरकार खुम्चिएर बस्ने होइन्, अर्थ बनाउन लाग्नुपर्छ ।”

    आफ्नो मन्त्री पदमा रहँदा गरेको प्रयासको स्मरण गर्दै गुरुङले कर प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले घरेलु मदिरालाई करको दायरामा ल्याएर त्यसबाट उठ्ने राजस्व शिक्षा क्षेत्रमा लगानी गर्न सकिने प्रस्ताव राखे ।

    “घरेलु मदिरा अहिले पनि प्रयोग भैरहेको छ,” उनले भने, “त्यही मदिरालाई करको दायरामा ल्याऔं, र त्यसबाट उठेको राजस्व शिक्षा क्षेत्रमा लगानी गरौं। यति गर्न सके, शिक्षा क्षेत्रमा खर्च गर्ने पैसा छैन भन्नु पर्ने अवस्था नै आउँदैन ।"

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend