Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देउराली जनता प्राविधिक शिक्षालयमा ‘पढ्दै कमाउँदै’ कृषि र भेटेरीनरी साइन्समा भर्ना खुल्यो


२९, असार २०८२
  • 297
    SHARES
  • देउराली जनता प्राविधिक शिक्षालयमा ‘पढ्दै कमाउँदै’ कृषि र भेटेरीनरी साइन्समा भर्ना खुल्यो

    बुटवल । बुटवलमा कृषि तथा प्राविधिक शिक्षामा रुचि राख्ने विद्यार्थीहरूका लागि खुशीको खबर छ। बुटवल उपहानगरपालिकाका १३, जीतगढीस्थित देउराली जनता प्राविधिक शिक्षालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा इन प्लान्ट साइन्स (कृषि) र प्रि-डिप्लोमा इन भेटेरीनरी साइन्स कार्यक्रममा नयाँ भर्ना खुलाएको छ ।

    यो शिक्षालय यस क्षेत्रको सबभन्दा पुरानो र पूर्ण भौतिक पूर्वाधारसहितको प्राविधिक संस्था हो, जसले दक्ष प्रशिक्षकहरूमार्फत सैद्धान्तिक र प्रयोगात्मक दुवै शिक्षामा बल दिँदै आएको छ। कुल पाठ्यक्रमको ९० प्रतिशत हिस्सा विद्यार्थीहरूलाई विभिन्न कृषि तथा पशु फार्महरूमा प्रत्यक्ष अभ्यासमार्फत सिकाइन्छ ।

    संस्थाको आफ्नै कृषि तथा पशु फार्म मात्र होइन, नवलपरासी र रुपन्देहीका प्रतिष्ठित फर्महरूमा समेत अभ्यास गराइने व्यवस्था रहेको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनसँगै आयआर्जन गर्न सक्ने सीपसमेत प्रदान गर्नेछ ।

    विस्तृत जानकारीका लागि देउराली जनता प्राविधिक शिक्षालय, बुटवल–१३, जीतगढीमा सम्पर्क गर्न सकिने छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend