Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग


२४, असोज २०८२
  • 173
    SHARES
  • स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग

    त्रिशूली– आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछिपरेका परिवारलाई यहाँको विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । अहिलेसम्म स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।

    ‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’मार्फत आर्थिक रूपमा विपन्न, दलित र सीमान्तकृत समुदाय एवं सामाजिक रूपमा पछिपरेका परिवारको स्वास्थ्योपचार सुनिश्चितताका लागि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार वडा कार्यालयहरूबाट छनोट र सिफारिस भएका छ सय ७२ परिवारमा आबद्ध दुई हजार ६०० भन्दा बढी नगरवासीलाई निःशुल्क बिमा कार्यक्रममा आबद्ध गराइएको छ । 

    ‘आर्थिक रूपमा पछि परेका व्यक्तिको उपचारका लागि राज्यको दायित्वअन्तर्गत नगरमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएकामा खर्चको दायरा धेरै देखिएपछि विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई आबद्ध गराएका छौँ । क्रमशः सम्पूर्ण नगरवासीलाई समावेश गर्ने लक्ष्य लिइएको छ ।’

    नगरपालिकामार्फत बिमा गरेका परिवारलाई आगामी दिनमा पनि नगरपालिकाको लगानीमा निरन्तरता दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्योपचारलाई आर्थिक भार नभई अधिकारका रूपमा स्थापित गर्न सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमलाई वार्षिक स्वीकृत नीति तथा कार्यक्रममा समावेश गरेर नगरवासीको उपचार सहज बनाउन जोड दिइएको छ ।

    आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रममार्फत सञ्चालनमा ल्याइएको अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएर सेवा लिन सुरु भएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि रु २२ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend