Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना


१०, साउन २०८०
  • 446
    SHARES
  • सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना

    रेशम कुँवर ,गुल्मी । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सदरमुकाम स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१ नयाँबजार निवासी यस क्षेत्रकै वरिष्ठ समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । 

    विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापालाई ५५ हजार ५५५ रुपियाँ प्रदान गर्नुभएको थियो । ज्येष्ठ नागरिकसमेत रहनुभएका वरिष्ठ समाजसेवी पाण्डेले विद्यालयप्रति आफ्नो अगाध लगाव र स्नेह रहेको भन्दै विद्यालयमा रहेका जेहेन्दार विद्यार्थीका लागि आफूहरुले स्थापना गरेको अक्षयकोषले पठनपाठनका लागि प्रोत्साहन गर्ने बताउनुभयो । 

    सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व जनप्रतिनिधिसमेत रहनुभएकी सीता आचार्यले पनि आफ्नो जन्मोत्सवको अवसरमा २५ हजार ५५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । 

    वडाध्यक्ष निरञ्जन काउछाले विद्यालयप्रति दुवै जना समाजसेवीले अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा इँटा थप्नुभएको भन्दै प्रशंसा गर्नुभयो । फजुल खर्च गरेर जन्मदिन मनाउने पश्चिमा संस्कृति निम्तिरहेको अवस्थामा विद्यालयमा अक्षयकोषको स्थापना गरी सकारात्मक सन्देश  प्रवाह गरेको भन्दै उहाँहरुलाई शुभकामना दिनुभयो । 

    विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले उहाँहरुले विद्यालयप्रति गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयले थप साथ र सहयोगको महसुस गरेको बताउनुभयो । विद्यार्थीको रोजाइको पहिलो विद्यालयका रुपमा आफूलाई उभ्याउन सफल यस विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक श्रीसले जानकारी दिनुभयो । 

    उहाँहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर विश्वकर्मासहित शिक्षक, विद्यार्थी, अभिभावकले उहाँहरुलाई विद्यालयमा स्वागत अभिनन्दन गर्नुभयो । समाजसेवीहरुद्वारा यहाँ २५ हजारदेखि ५ लाखसम्मका ४९ भन्दा बढी अक्षयकोष स्थापना गरिएको छ

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend