Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्नपूर्ण माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न, २३४ जनाले सेवा लिए


२२, कात्तिक २०८२
  • 491
    SHARES
  • अन्नपूर्ण माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न, २३४ जनाले सेवा लिए

    बुटवल । अन्नपूर्ण माध्यमिक विद्यालय र बुटवल उप–महानगरपालिका वार्ड नं ६ को संयुक्त आयोजनामा शुक्रबार विद्यालय परिसरमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन बुटवल उप–महानगरपालिका वार्ड नं ६ का अध्यक्ष श्री लोकनाथ न्यौपानेले ९४ वर्षीय जेष्ठ नागरिक चिरञ्जीवी पौडेललाई बिरामी पुर्जा हस्तान्तरण गर्दै गर्नुभएको थियो ।

    शिविरमा नेकपा (माओवादी केन्द्र) का नगर उपाध्यक्ष लालबहादुर थापा, वार्ड सदस्य बीमा कुमारी थापा र समाजसेवी हरी थापाले विद्यालय परिवारको सक्रियता र समाजसेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

    लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २३४ जनाले आँखा परीक्षण गराएका थिए, जस मध्ये ११ जनालाई निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि सिफारिस गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयका प्रिन्सिपल मित्रमणि आचार्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनसेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend