Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन


२६, कात्तिक २०८२
  • 195
    SHARES
  • सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन

    काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

    शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

    केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशीघ्र उपलब्ध गराइदिन भनिएको छ ।

    शिक्षा मन्त्रालयले जिल्ला, पालिका, विद्यालयको नाम, जग्गाको क्षेत्रफल, भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा त्यसको विवरण खुलाएर पठाउन निर्देशन दिएको छ । विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरेको शिक्षामन्त्री महावीर पुनले बताउनुभयो ।

    अहिले देशभर ३५ हजार ४ सय ४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन् । यसअघि शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend