Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शैक्षिक सत्र २०८३ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई आह्वान


४, मंसिर २०८२
  • 128
    SHARES
  • शैक्षिक सत्र २०८३ का लागि कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई आह्वान

    काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण गर्न चाहने मुद्रक तथा वितरकहरूसँग सिलबन्दी प्रस्ताव माग गरेको छ ।

    केन्द्रले बिहीबार एक सूचना प्रकाशित गर्दै आगामी शैक्षिक सत्रका लागि देशभर कक्षा १, २ र ४ का पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रक तथा वितरकहरूबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि यो प्रक्रिया अघि बढाएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०८२ का लागि अनुमति पाएका फर्म वा कम्पनीहरूको नवीकरण गर्न तथा नयाँ सूचीकृत हुन इच्छुक मुद्रक तथा वितरकले आवेदन दिन सक्नेछन् ।

    इच्छुक कम्पनीहरूले आफ्नो प्रोफाइलसहित केन्द्रले तोकेको ढाँचामा सिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ । केन्द्रले छपाइको विवरणलाई दुई समूहमा विभाजन गरेको छ ।

    समूह 'क' अन्तर्गत कक्षा १, २ र ४ का पाठ्यपुस्तकहरू रहेका छन् भने समूह 'ख' अन्तर्गत विद्यालय तहका पाठ्यक्रम, पाठ्यसामग्री, कार्यान्वयन निर्देशिकाहरू, शिक्षक निर्देशिका, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तक लगायतका सन्दर्भ सामग्रीहरू र केन्द्रबाट प्रकाशित अन्य सामग्रीहरू समेटिएका छन् ।

    सूचनाअनुसार इच्छुक मुद्रक तथा वितरकले मङ्सिर १९ गते दिउँसो १२ बजेभित्र पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ । पेस भएका प्रस्तावहरू सोही दिन अर्थात् मङ्सिर १९ गते दिउँसो २ बजे केन्द्रमै खोलिने जनाइएको छ ।

    प्रस्ताव पेस गर्नका लागि एक हजार रुपियाँ फाराम दस्तुर तोकिएको छ। निवेदकले उक्त रकम तोकिएको राजस्व खातामा जम्मा गरी सोको भौचर फारामसाथ संलग्न गर्नुपर्नेछ । सूचनासम्बन्धी विस्तृत विवरण र सिलबन्दी प्रस्ताव पेस गर्न आवश्यक पर्ने फाराम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

    pp

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend