Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सेभेन स्टेप किड्स वर्ल्ड प्रिस्कुलको ग्रान्डपेरेन्ट्स डे सम्पन्न


१२, मंसिर २०८२
  • 954
    SHARES
  • सेभेन स्टेप किड्स वर्ल्ड प्रिस्कुलको ग्रान्डपेरेन्ट्स डे सम्पन्न

    काठमाडौँ - नागार्जुन नगरपालिका-१०, खड्का गाउँस्थित Seven Step Kid's World Preschool ले हजुरबुबा–हजुरआमाप्रतिको सम्मान, पारिवारिक सम्बन्ध र संस्कारको महत्त्वलाई प्रमुख उद्देश्य बनाउँदै ‘Grandparents Day’ भव्य र उल्लासपूर्ण वातावरणमा मंसिर १२ गते शुक्रबार सम्पन्न गरेको छ ।

    विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा साना बालबालिकाले गीत, नृत्य, कला–प्रदर्शन र मन मनोरञ्जन दिने हास्यव्यङ्ग्य प्रस्तुत गर्दै उपस्थित हजुरबुबा–हजुरआमा, अभिभावक तथा शिक्षकको मन जिते ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल दीपा खड्काले हजुरबुबा–हजुरआमालाई विशेष सम्मान अर्पण गर्दै बालबालिकाको व्यक्तित्व, अनुशासन, संस्कार तथा जीवनमूल्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकाप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्नुभयो ।

    यु–केजी तहसम्मको शिक्षण–सिकाइ सञ्चालन गर्दै आएको विद्यालयले बालमैत्री वातावरण, व्यावहारिक सिकाइ, सृजनशीलता प्रवर्द्धन तथा सह-पाठ्यक्रमीय गतिविधिलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।

    अभिभावकहरूको भनाइ अनुसार विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा, सुव्यवस्थित व्यवस्थापन र अतिरिक्त कार्यक्रमका कारण स्थानीय क्षेत्रमा विशेष पहिचान स्थापित गर्न सफल भएको छ ।

    कार्यक्रममा अभिभावकहरूको उत्साहपूर्ण सहभागिता, विद्यालय व्यवस्थापनको भद्र आतिथ्य र बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुति विद्यालयप्रतिको विश्वास र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्थ्यो ।

    विद्यार्थी सङ्ख्या सन्तोषजनक रहेको विद्यालयले समुदाय–मैत्री पहल, नियमित अभिभावक–संवाद, सौहार्दपूर्ण वातावरण र गुणस्तरीय शिक्षण विधि अपनाउँदै अभिभावक र विद्यार्थी दुवैको मन जित्दै आएको छ ।

    प्रिन्सिपल खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा पाँच जना समर्पित शिक्षिका र दुई जना आया दिदीको महत्वपूर्ण योगदान रहेको विद्यालयले जनाएको छ । ‘Grandparents Day’ ले पुस्ताबीचको आत्मीयता, कृतज्ञता, सम्मान र पारिवारिक मूल्यहरूको विकासमा उल्लेखनीय भूमिका खेलेको विद्यालयको निष्कर्ष छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend