Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाण्डौ विश्वविद्यालयको आज दीक्षान्त समारोह


२४, मंसिर २०८२
  • 111
    SHARES
  • काठमाण्डौ विश्वविद्यालयको आज दीक्षान्त समारोह

    काठमाण्डौ – काभ्रेको धुलिखेलमा रहेको काठमाण्डौ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार दुई सय नौ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् ।

    प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम छ ।

    समारोहमा नयाँदिल्लीको जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम तय भएको काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिनुभयो ।

    समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका दुई सय ९४, स्कुल अफ इञ्जिनियरिङका तीन सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका तीन सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका आठ सय ८१ र स्कुल अफ साइन्सका एक सय ९७ गरी कूल दुई हजार दुई सय नौ विद्यार्थी यसपटक दीक्षित हुने भएका हुन् ।

    दीक्षितमध्ये विद्यावारिधी, डीएम र एमसीएच तहका सात, स्नातकोत्तर तहका तीन सय ९७, पीजीडी तहका ५० र स्नातक तहका एक हजार सात सय २८ जना रहेका छन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend