काठमाडौं । विदेश अध्ययनको क्षेत्रमा विश्वासिलो संस्थाका रूपमा परिचित BBC Global Education ले आज एकैसाथ काठमाडौँको पुतलीसडक शाखा, मणिग्राम शाखा र बुटवल सेन्ट्रल अफिसबाट “Canada Admission Day” कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ ।
क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यो विशेष कार्यक्रम उल्लेखनीय रूपमा सफल भएको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा सहभागी विद्यार्थीहरूलाई पूर्ण रूपमा निःशुल्क काउन्सिलिङ सेवा प्रदान गरिएको थियो भने Admission Day को अवसरमा Process Charge समेत पूर्ण रूपमा निःशुल्क गरिएको थियो । यसले विद्यार्थीहरूलाई कम खर्चमा गुणस्तरीय र विश्वसनीय सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको BBC Global Education ले जनाएको छ ।
कार्यक्रममा संस्थाका अनुभवी तथा प्रमाणित काउन्सेलरहरूले क्यानडाको शिक्षा प्रणाली, विश्वस्तरीय कलेज तथा विश्वविद्यालयहरू, उपयुक्त कोर्स छनोट, Scholarship Opportunities, IELTS/English Requirement, SOP तयारी, Study Permit (Visa) प्रक्रिया तथा Post-study Work Opportunity सम्बन्धी विस्तृत जानकारी दिएका थिए । साथै प्रत्येक विद्यार्थीको शैक्षिक तथा आर्थिक पृष्ठभूमिको आधारमा one-to-one profile assessment समेत गरिएको थियो ।
पुतलीसडक, मणिग्राम र बुटवल तीनै स्थानमा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले एउटै स्थानमा सम्पूर्ण जानकारी, पारदर्शी परामर्श र निःशुल्क सेवाहरू पाउँदा आफ्नो विदेश अध्ययन योजना अझ स्पष्ट र आत्मविश्वासी बनेको प्रतिक्रिया दिएका छन् । BBC Global Education ले लामो समयदेखि विदेश अध्ययन परामर्शमा Transparency, High Success Rate र Student Satisfaction लाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको छ । संस्थाले क्यानडासँगै अष्ट्रेलिया, UK, USA, दक्षिण कोरिया, जापान लगायतका प्रमुख अध्ययन गन्तव्यहरूका लागि पनि विश्वसनीय परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कार्यक्रमको सफलताप्रति सन्तोष व्यक्त गर्दै BBC Global Education ले आगामी दिनहरूमा पनि यस्ता Admission Day, Scholarship Session तथा Free Counseling Program नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । विदेश अध्ययनको सपना देखिरहेका विद्यार्थीहरूलाई नजिकको BBC Global Education शाखामा सम्पर्क गर्न निर्देशक शान्ता रायमाझी बस्नेतले आग्रह गर्नुभएको छ।