Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अक्सफोर्डमा विद्यार्थीलाई स्वागत


१३, साउन २०८०
  • 227
    SHARES
  • अक्सफोर्डमा विद्यार्थीलाई स्वागत

    बुटवल । अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलमा शैक्षिक सत्र २०८० को कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शनिबार ड्रिमल्याण्ड रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । सो कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देही शैक्षिक हब बन्दै गएको भन्दैअक्सफोर्ड मावि जस्ता अब्बल विद्यालयहरुको योगदान रहेको बताउनुभयो । शैक्षिक गुणस्तर राम्रो बनाउन विद्यालयको वातावरण महत्वपुर्ण हुनेपर्ने बताईएको छ । नगरभित्रका विद्यालयको पुर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार गर्न स्थानिय पालिकाहरु सहकार्य गर्न तयार रहेको समेत नगरप्रमुख पाण्डेयले जनाउनुभयो।

    कार्यक्रममा क्याम्पसका प्राचार्य दिनेश भुषालले संस्कारसहितको शिक्षालाई विद्यालयले उच्च प्राथमिकतामा राखेर विद्यार्थीको शैक्षिक सिकाई गतिविधिलाई जोड दिदै आएको भन्दै हरेक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति अभियान चलाएर प्रोत्साहन गरिएको गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीले शैद्धान्तिक शिक्षासंगै प्रयोगात्मक शिक्षालाई तीव्रता दिनुपर्ने जनाउनुभयो ।

    परिक्षामा शैद्धान्तिक तर्फ कम अंक ल्याउने विद्यार्थीहरुलाई प्रयोगात्मकमा अंक बढि दिने प्रचलनप्रति सचेत हुनुपर्ने र माध्यमिक तहको शिक्षा महत्वपूर्ण हुने दाबी गर्दै उनले युवाहरुलाई संस्कार सिकाउने रुपमा रहेको उल्लेख गर्नुभयो। अभिभावक संघका रुपन्देहीका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सरल र व्यवहारिक बनाउन सुझाव दिनुभयो । विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी अन्तर्गत विभिन्न विधाका नयाँ शैक्षिक सत्रमा नौ सय विद्यार्थी भर्ना भएको सहप्राचार्य सुमन भुषालले जनाउन्ु भएको छ । विद्यालयमा ४ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यसैबिच राष्ट्रिय कलाकार एलिना चौहान र प्रमोद खरेलले प्रस्तुती दिएका दिनुभएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend