Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन


१५, साउन २०८०
  • 220
    SHARES
  • वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन

    नवलपरासी । धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन ।  गत वर्ष मात्रै नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जाने बाटो नभएपछि त्रिवेणीमा विकल्पका रुपमा पुल निर्माण गरिएको थियो । नौ वर्ष लगाएर करिब एक वर्षअघि चार सय ७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएपनि बाटो नबन्दा अहिले पनि भारतीय भूभाग हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ ।  

    वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१, अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । नेपालकै भूभाग हुँदै यहाँ पुग्ने बाटो छैन । नवलपुरको त्रिवेणी धामबाट भारतीय भूभाग वाल्मीकि नगरको बाटो प्रयोग गरि वाल्मीकि आश्रम पुग्न सकिन्छ । भारतीय बाटो हुँदै जाँदा समस्या भएपछि त्रिवेणीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । पुल निर्माण गरेपनि  पुल तरेपछिको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो अझै बन्न सकेको छैन । 

    वाल्मीकि आश्रम पुग्न त्रिवेणीधामबाट पुल तरेपछि चितवनतर्फ करिब १६ सय मिटर बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको छ तर पुल निर्माण भएको एक वर्ष बित्दासमेत बाटो निर्माणको काम अघि बढ्न सकेको छैन । 

    पुल निर्माणसँगै चितवनतर्फको भूभागमा ट्रयाक निर्माणको पहल भइरहेको त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्दे्रश्वर भुसालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आवमा वाल्मीकि आश्रम पुग्ने ट्रयाक खोल्नका लागि रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । “पुल बनेर पनि भारतीय बाटोबाटै वाल्मीकि आश्रम जानुपर्ने बाध्यता कायमै रहेको छ, चितवन खण्डमा ट्रयाक खोल्ने काम नहुँदा यस्तो भएको हो”,  उहाँले भन्नुभयो, “अब ट्रयाक खोल्ने गरी बजेट सुनिश्चित भएको छ, चाँडै काम अघि बढ्छ ।”

    ट्रयाक खोल्ने कामसँगै सुरक्षार्थ नेपाली सेनाको जाँच पोष्टसमेत निर्माण हुने जनाइएको छ । निकुञ्ज क्षेत्र पर्ने भएकाले पुलको छेउमा चेकपोष्ट निर्माण गरिने कार्यकारी निर्देशक भुसालले बताउनुभयो । ट्रयाक खोलेपछि नेपालकै बाटो हुँदै सहजरुपमा वाल्मीकि आश्रम जान सकिने उहाँले बताउनुभयो । यसले वाल्मीकि आश्रमसहित त्रिवेणी धाम क्षेत्रमा समेत धार्मिक पर्यटकको आगमन बढ्ने कार्यकारी निर्देशक भुसालले बताउनुभयो । 

    वाल्मीकि आश्रम पुग्ने बाटो निर्माणसँगै यस क्षेत्रको विकासमा समेत काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भूगोलले बागमती प्रदेशमा पर्ने र पहुँचले गण्डकी प्रदेशबाट सहज रहेको वाल्मीकि आश्रमको विकासमा बागमती प्रदेशले खासै चासो दिन सकेको छैन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले यसको संरक्षण गर्दै आएको छ । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend